रास्वपा केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक जारी



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालय बसुन्धारामा सुरु भएको छ ।

बैठकले सरकारमा जाने / नजाने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले बताएका छन् । यसअघि बसेको केन्द्रीय समिति बैठकले आज निर्णय गर्नेगरी भाका सारेको थियो । शुक्रबार सबैको सुझाव लिएर सरकारका विषयमा निर्णय लिने तयारी गरिएको छ ।