काठमाडौं । सांसद रघुजी पन्तले प्रचण्ड नेतृत्वको सरकारलाई गतिहिन सरकारको संज्ञा दिएका छन् । आज (बिहीबार) संसदको विशेष समयमा बोल्दै सांसद पन्तले यो सरकारले जनताको पक्षमा केहि गर्न नसकेको दाबी गरेका हुन् ।
पन्तले भने, ‘आजका प्रधानमन्त्रीसँग दागैदाग छ । यो गतिविहीन सरकार हो । उपलब्धीविहीन सरकार हो ।’ १०० दिन हुँदा पनि सरकार बनाउन नसक्नु असक्षमता रहेको बताए । पन्तले प्रधानमन्त्री भएर के गर्नुभयो त्यो कुराले महत्व राख्ने बताएका छन् । सय दिनको उपलब्धि भ्रष्टाचार र दिशाहिनता मात्र रहेको आरोप लगाए ।