१० कात्तिक । बाँकेमा नेकपा (एमाले)ले छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई स्थानीय तहमा भने नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकासहित छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भए पनि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मङ्गलबार रातिसम्म नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको एमाले बाँकेका अध्यक्ष नीरक गुरुङले जानकारी दिए । ती पालिकामा आज पुनः नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । उपमहानगरपालिकामा दत्तप्रसाद आचार्यका नेतृत्वमा उपाध्यक्षमा हकिम हलवाई, सचिवमा मोहित शाह, उपसचिवमा दिग्विजय ढुङ्गाना र उषा थापा सर्वसम्मतरूपमा चयन भएको अध्यक्ष आचार्यले जानकारी दिए ।
खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्र धिताल, उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहा चयन भएका छन् । जानकी गाउँपालिकाको अध्यक्षमा विश्रामकुमार बर्मा, उपाध्यक्षमा रामनरेश मौर्य, सचिवमा राजितराम यादव, उपसचिवमा यज्ञश्वरी शाह र अशोक राना निर्वाचित भएका छन् । राप्तीसोनारी गाउँपालिका कमिटीको प्रथम अधिवेशनले अध्यक्षमा मनोज केसी, उपाध्यक्षमा मदन वली, सचिवमा सुधा थारू, उपसचिवमा पूर्ण चौधरी र घनश्याम बस्नेतलाई चयन गरेको एमाले नेता सूर्य ढकालले जानकारी दिए ।
नेकपा एमाले डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील खान, उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लनप्रसाद पाण्डे र ध्रुवकुमार चौधरी बर्मा निर्वाचित भएका छन् । नरैनापुरमा अध्यक्षमा पञ्चराम यादव, उपाध्यक्षमा प्रमोद मिश्रा, सचिवमा सुनैना मिश्रा, उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादव चयन भएका छन् ।