भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु : अध्यक्ष लिङ्देन

sf7df8f}F, * ;fpg . g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks dxf;lrj k'iknfnsf] $$cf}+ :d[lt lbj;sf] ;Gbe{df ljZjsf] e"–/fhgLlts tgfj / g]kfnsf] kl/l:ylt c+;nUgtf / /fli6«otfsf r'gf}lt ljifos hgjx; sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfn /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G› lnËb]n . t:jL/ M rG›snf If]qL, /f;;


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले अतिरिक्त शपथ लिएका छन् । बिहीबार संसद भवनमा अन्य सांसदले सरह पद तथा गोपनीयताको शपथ लिएलगत्तै लिङ्देनले थप शपथ लिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

संघीय संसद् सचिवालयले उपलब्ध गराएको अनुसूची ३ प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा १ सम्बन्धित व्यवहोराअनुसार सांसदहरुले शपथ ग्रहण गरे । तर, त्यसमा केही शब्द थपेर राप्रपा अध्यक्षसमेत रहेका राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरे । उनले थप शपथ भन्दै ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु’ भनेर शब्द थपेर शपथ ग्रहण गरेका हुन् । 


उनीसहित राप्रपाका १३ जना सांसदले सोही व्यहोरामा शपथ लिएका राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।