पूर्वराजाद्धारा शताव्दी पुरुष जोशीको स्वास्थ्यलाभको कामना



काठमाण्डौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले शताव्दी पुरुष सत्यमोहन जोशीको पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी लिदै सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पूर्वराजा शाहले आफ्ना सचिव सागर प्रसाद तिमल्सिना मार्फत शताव्ष्दी पुरुष जोशीको स्वास्स्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

शताव्दी पुरुष जोशीको स्वास्थ्यलाभको कामना गर्न पूर्वराजाका सचिव तिमल्सिना मंगलवार किस्ट अस्पताल गएका थिए । पछिल्ला दिनमा किस्ट अस्पतालको सघन उपचार कक्षमा शताव्दी पुरुष जोशीको उपचार भैरहेको छ ।


उनलाई भेटन मंगलवार अस्पताल पुगेर पूर्व राजा शाहको तर्फबाट सचिव तिमल्सिनाले स्वास्थ्य अवस्था बुझ्दै सिघै स्वास्थ्यलाभको कामना गरेका थिए । उक्त जानकारी पूर्व राजाको सम्वाद सचिवालयले दिएको हो ।