डेंगु सङ्क्रमितको संख्या साढे २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु 



काठमाडौँ । देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन् भने हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ ।


नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएका थिए । त्यसपछि वर्षेनी डेंगुका बिरामी नेपालमा देखिएका छन् । 

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेश प्रदेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा २ हजार ८८७, कर्णालीमा २३१ र सुदूरपश्चिम प्रदेशमा ८०४ जनामा डेंगु देखिएको छ ।