काठमाडाैँ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् । उनी बिहान ११ बजे सर्वोच्च जाने तयारीमा रहेपनि निवासमै रोकिएका हुन् ।
राणाले भने, ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो।’ निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको उनको भनाइ छ ।
जबराको सर्वोच्च जाने प्रयासको सर्वोच्च बार र नेपाल बार एसोसियसनले भने विरोध गरेको छ । निलम्बित प्रधानन्यायाधीशको आगमनलाई रोक लगाउने बारको तयारी छ ।
एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा अवरोध गर्ने बताएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूहरू सर्वोच्च अदालतको गेटमै रहेको र जबरा प्रवेश गर्न खोजे आफूहरूले अवराेध गर्ने बताए । जबरा निलम्बनमै रहेको कारण उनको उपस्थिति स्वीकार्य नहुने घिमिरेले बताए ।