काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोगलाई जरिवाना तिर्न तयार रहेको प्रतिक्रिया दिएका छन्।निर्वाचन आयोगले ढिला निर्वाचन खर्च बुझाएको भन्दै साम्पाङलाई पाँच लाख ५० हजार जरिबाना रकम तोकेकाे छ ।
साम्पाङलाले सामाजिक सञ्जालमार्फत् पाँच लाख ५० हजार जरिवाना तिर्न तयार रहेको तर आफूले तिरेको जरिबाना भ्रष्टाचारीको भुँडीमा पर्न नहुने बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा स्टाटस पोष्ट गर्दै आफुले जरिबाना स्वरुप तिरेको रकम भ्रष्टाचारीको भुडीँ नपरोस भन्दै चेतावनी पनि दिएका छन् । उनले लेखेका छन्, ‘५ लाख ५० हजार जरिवाना तिर्न तयार छु तर मैले तिरेको जरिबाना रकम भ्रष्टाचारीको भुँडीमा नपसोस्’, ‘नत्र त्यो भुँडी फुटाउने गैंती चलाउन नि आम्चा हाम्लाई !’