काठमाडौं । नेपाल कम्युनिष्ट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेका छन्।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको पार्टी कार्यालय अवलोकनका लागि उनी आज पेरिसडाँडा पुगेका हुन्।
उनले त्यसक्रममा जनयुद्ध र जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पार्टी कार्यालयको अनुगमन गरेका छन्।










