संवैधानिक परिषद्सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा

0
52
राष्ट्रियसभा बैठक काठमाडौँ, २० माघः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आइतबार बसेको राष्ट्रिय सभा बैठक । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौँ । राष्ट्रियसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको सो प्रस्तावलाई सभाले सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए । राष्ट्रियसभाको अर्को बैठक आगामी जेठ ५ गते सोमबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।