नवलपुर । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै पनि मानव अधिकार हनन् नभएको बताएका छन्। नवलपुरको हुप्सेकोट गाउँपालिका–३ स्थित सरस्वती संस्कृत तथा साधारण मावि गिरुवारीको स्वर्ण महोत्सवमा सहभागि हुन आएका गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन्।
नेपाल प्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लेखकले हरेक कुरा कानुनबमोजिम, अदालतको सहमतिले, अदालतले भनेअनुसार अनुसन्धान भइरहेको बताए।
‘कसैको मानव अधिकार हनन् भएको छैन। अदालतबाट म्याद लिएको छ। जतिदिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ भनेर कानुनले दिएको छ। त्यति नै गरिएको छ,’ उनले भने।
उनले सरकार मानव अधिकारको रक्षाका लागि प्रतिवद्ध रहेको भन्दै हरेक मानिसको मानव अधिकारको रक्षा हुने बताए।