अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडीसी) का अनुसार अफ्रिकामा यस वर्ष हालसम्म रिपोर्ट गरिएको एमपक्स मामिलाहरूको सङ्ख्या ५८ हजार दुई सय नाघेको छ ।
अफ्रिका सीडीसीका कार्यालयका प्रमुख न्गाशी न्गोन्गोले भन्नुभयो,“अफ्रिकी महादेशले यस वर्षको सुरूदेखि ५९ हजार दुई सय एमपोक्सका घटनाहरू रिपोर्ट गरेको छ । यसमध्ये १२ हजार नौ सय ३८ पुष्टि भएका र एक हजार एक सय ६४ भन्दा बढीको मृत्यु भएका छन् । सूचित गरिएका सबै केसहरूबाट लगभग दुई प्रतिशतको मृत्यु भएको छ ।
अफ्रिकी सङ्घको विशेष स्वास्थ्य सेवा एजेन्सीको तथ्याङ्कले गत हप्ता मात्र अफ्रिकी महादेशमा दुई हजार ६८० नयाँ केसहरू रेकर्ड गरिएको देखाएको छ । न्गोन्गोले थपे, “अधिकांश नयाँ पुष्टि भएका केसहरू बुरुन्डी, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र युगान्डामा थिए ।”
अङ्गोला एमपक्सको प्रकोप रिपोर्ट गर्ने सबैभन्दा नयाँ अफ्रिकी देश बनेको छ । एमपक्सबाट प्रभावित देशहरूको कुल सङ्ख्या हाल २० पुगेको छ । अफ्रिका सिडीसीका अनुसार अफ्रिकामा पुष्टि भएका एमपक्स केसहरूको सङ्ख्या गत वर्षको कुल तुलनामा यस वर्ष छ सय प्रतिशतले बढेको छ ।
संयुक्त राज्य अमेरिका र क्यानडाले आफ्नो पहिलो नयाँ पुष्टि गरिएको एमपोक्स मामिलाहरू क्रमशः नोभेम्बर १६ र नोभेम्बर २२ मा रिपोर्ट गरेका थिए । एमपक्सलाई मङ्कीपक्स भनेर चिनिन्छ । एमपक्स पहिलो पटक बाँदरहरूमा सन् १९५८ मा भेटिएको थियो । यो एक दुर्लभ भाइरल रोग हो, जुन सामान्यतया शरीरको तरल पदार्थ र अन्य दूषित पदार्थहरू मार्फत फैलिन्छ ।