इन्डोनेसियामा १० औँ विश्व पानी सम्मेलन



इन्डोनेसियाको बाली टापुमा सोमबार ‘साझा समृद्धिका लागि पानी’  विषयअन्तर्गत १०औँ विश्व पानी सम्मेलन औपचारिकरूपमा सुरू भएको छ । सम्मेलनमा विश्वका धेरै देशका नेता तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरू समेतको उपस्थिति रहेको छ ।

दशौँ विश्व पानी सम्मेलनले जल संरक्षण, स्वच्छ पानी र सरसफाई, खाद्य र ऊर्जा सुरक्षा तथा प्राकृतिक प्रकोपको न्यूनीकरण गरी चार विषयमा केन्द्रित रहने बताइएको छ ।


सम्मेलनका अवसरमा बोल्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सन् २०५० सम्ममा विश्वको खाद्यान्नमा ८० प्रतिशत योगदान गरेपनि ५० करोड साना किसानहरू खडेरीको चपेटामा पर्ने अनुमान गरेका छन्  ।  

विश्व जल परिषद्का अध्यक्ष लोइक फाउचोनले पनि पानीले मानिसहरूलाई  एकजुट गर्ने तर पृथ्वीलाई मानिसहरूले क्षति पुर्‍याएका कारण धेरै स्थानमा पानीको अभाव बढ्दै गएको बताए।