नाउपा सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी ३ महिनाका लागि निलम्बित



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री घनश्याम चौधरीलाई तीन महिनासम्म निलम्बन गरेकी छिन्।

नाउपाको यही चैत्र १४, १५ र २५ गतेको बैठकमा अनुपस्थित् भएको भन्दै अध्यक्ष श्रेष्ठले घनश्याम चौधरीलाई आज निलम्बन गरेकी हुन् ।


घनश्याम संस्थापक रेशम चौधरीको पक्षमा खुलेका थिए । रेशमकै निर्देशनमा उनी सुदूरप्रदेश सरकारमा कांग्रेस नेतृत्वको सरकारमा गएका थिए ।