म्यान्मारबाट चिनियाँ आपराधिक समूहको फन्दामा परेका १३ नेपालीको उद्धार



काठमाडौँ । म्यान्मारमा समस्यामा परेका १३ नेपालीको उद्धार गरिएको छ । लामो समयदेखि चिनियाँ आपराधिक समूहको फन्दामा परेका उनीहरूलाई थाइल्यान्ड र म्यान्मारस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको हो ।

म्यान्मारको विकट गाउँ पुर्याएर डिजिटल ठगी धन्दामा लगाएकामध्ये ती १३ जनालाई उद्धार गरी शुक्रबार नेपाल पठाएको थाइल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ । थाइल्यान्डस्थित नेपाली दूतावासले राजधानी बैंककबाट करिब ७ सय किलोमिटर टाढा म्यान्मारसँग जोडिएको बोर्डर मेइसोटमा कर्मचारी पठाई १३ नेपालीको जिम्मा लिएको थियो ।