पिएसजीले पहिलो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ । फ्रेन्च क्लब पिएसजीले पहिलो पटक  युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ

शनिबार राति जर्मनीको म्युनिखमा सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ५-० गोल अन्तरले परजित गर्दै पिएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

पिएसजीको जितमा डिजिरे डोउएले २ गोल गरेका थिए भने अचरफ हाकिमी, खभिचा कभारात्सखेलिया र सेन्नी मायुलुले एक एक गोल गरेका थिए । युवा खेलाडीले भरिएको पिएसजीका अगाडी इन्टर मिलान निरिह जस्तै देखिएको थियो ।

पिएसजीको क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । यसअघि किलीयन एम्बाप्पे,लियोनेल मेसी र नेइमार जस्ता सुपस्टार फुटबलरले पनि पिएसजीलाई च्याम्पियन्स लिग जिताउन सकेका थिएनन् ।

पिएसजी यसअघि २०२० मा फाइनलमा पुगेर पराजित भएको थियो ।