जिब्रो छेड्ने जात्राको उल्लास, तस्बिरहरू



भक्तपुर । बिस्काः जात्राअन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । यसवर्ष पनि सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन् ।

बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गतवर्ष पनि जिब्रो छेडाएका थिए । प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।


जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो गरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा नआउने जनविश्वास छ ।

मध्यपुर ठिमी – २ मा रहेको गणेश मन्दिरअगाडिको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने गर्छन् । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्तिपीठ परिक्रमा गर्दछन् ।

तस्बिरः रत्न श्रेष्ठ/रासस