

काठमाडौं । सरकारले जारी अधिवेशनबाटै शिक्षा ऐन पारित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बुधबार शिक्षकसँगको वार्तामा सरकारले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।
नेपाल शिक्षक महासङ्घ सँग भएका सहमतिसमझदारीलाई ध्यानमा राख्दै उक्त विधेयकलाई चालू अधिवेशनको अषाढ १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गराउन आआफ्नो तहबाट सम्पूर्ण प्रयास गर्न प्रतिबद्ध रहेका बताइएको छ ।


शिक्षकसँगको वार्तामा नौ बुँदे सहमति भएको थियो । उक्त सहमति मन्त्रिपरिषद बैठकले पनि पारित गरेको छ ।

