कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले आगामी वैशाख १७ गते बुधबारका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको हो ।

वैशाख १७ गते बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने छ ।


उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।