

काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट आज ‘पोलाइन्ड’ नामक लागुऔषध जस्तो पदार्थसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
एपीएफ इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा स्थानीय एक होटेलबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा पाँच किलोग्राम पोलाइन्डसहित उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।


अनुसन्धानकै क्रममा रहेकाले शस्त्र प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरूले प्रयोग गरेको स्कुटर र मोटरसाइकल समेत बरामद गरेको छ ।
