महिला टी–२० शृंखलामा नेपालको लगातार चौथो हार



काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृङ्खला अन्तर्गत आफनो चौथो खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो।


नेपालको लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन् । ३० बलको सामना गरेको उनले तीन चौका र एक छक्का प्रहार समेत गरिन् । त्यसअघि मैदानमा टस जितेर ब्याटिङ रोजेकको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here