काठमाडौँ । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला चार सय रुपैयाँले घटेर एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला एक लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ घटेको हो ।