गण्डकी । पोखरा महानगरपालिका-३२ लाम आहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढंगले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । कोष स्थापना भएसँगै त्यसमा ३० लाख दाखिला पनि भएको छ ।
विभिन्न संघसंस्था प्रतिष्ठान एवं व्यक्तिहरूबाट अक्षयकोषमा रकम दाखिला भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्दप्रसाद्र रेग्मीले जानकारी दिए । अक्षयकोषमा कम्तीमा रु. एक करोड पुर्याउने लक्ष्य रहेको उनले बताए ।
अक्षयकोषमा पद्मजगत् स्मृति प्रतिष्ठानले रु. १० लाख, धनबहादुर थापाले रु. एक लाख ११ हजार, भगवती पन्तले ५२ हजार ५५, मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले रु. ५१ हजार १११, वासुदेव तिवारीले रु. ५० हजार, खगराज अधिकारीले रु. ३७ हजार र विष्णुमाया पण्डितले १५ हजार प्रदान गरेको जानकारी उनले दिए ।