भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्‍यो



भारतको आर्थिक वृद्धि सेप्टेम्बर त्रैमासिकमा ५.४ प्रतिशतमा झरेको छ । अघिल्लो त्रैमासिकमा ६.७ प्रतिशतको तुलनामा यो उल्लेखनीय गिरावट भएको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ ।

शुक्रबारको तथ्याङ्कले अझै पनि विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतलाई विश्वव्यापी रूपमा सबैभन्दा छिटो बढ्दो प्रमुख अर्थतन्त्रहरू मध्ये राखेको छ तर गत वर्ष देखिएको तीव्र विस्तारमा यसले मध्यमस्तरको परिवर्तनको सङ्केत गरेको छ । यो तथ्याङ्कले १८ महिनाभन्दा बढी समयदेखि ६.५ प्रतिशतमा स्थिर राखेको भारतीय रिजर्भ बैंकमाथि ब्याजदर घटाउन दबाब दिने सम्भावना छ ।


पछिल्लो वृद्धिको तथ्याङ्कले अब बैंकलाई यस वर्ष ब्याजदर घटाउन प्रेरित गर्न सक्छ । वर्षको तुलनामा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) अधिकांश विश्लेषकको अनुमानभन्दा धेरै तल आयो । भारतीय अर्थतन्त्र अघिल्लो अप्रिल–जुन त्रैमासिकमा ६.७ प्रतिशतले वृद्धि भएको थियो।

सरकारी विज्ञप्तिले कमजोर उत्पादन र खानी गतिविधिमा अपेक्षितभन्दा कम वृद्धिको आँकडालाई जिम्मेबार मानेको छ । आर्थिक वृद्धिको मध्यमस्तरको परिवर्तन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) का लागि अप्रिय समाचार हो । भाजपाले यस वर्षको आम निर्वाचनमा पूर्ण बहुमत प्राप्त गर्न सकेन र सरकार चलाउन गठबन्धन दलहरूमाथि निर्भर छ ।

भाजपाका दुई सबैभन्दा ठूला सहयोगीले आफ्ना राज्यहरूमा पूर्वाधार परियोजनाका लागि अर्बौं डलरको आर्थिक सहायता माग गरेका छन् । मोदीको सरकारले चुनावपछिको बजेटमा असमान आर्थिक वृद्धि सम्बोधन गर्न र असन्तुष्ट मतदाताहरूलाई शान्त पार्न रोजगारी र तालिमका लागि २४ अर्ब डलर खर्च गर्ने प्रतिबद्धता जनाएको थियो ।

भारतमा बढ्दो खाद्यान्न लागतले मोदीका राजनीतिक समस्याहरू थपिएको छ र केन्द्रीय बैंकलाई मुद्रास्फीतिमा नरम दृष्टिकोणमा सर्नबाट पनि रोकेको छ । भारतले मार्चमा ८.२ प्रतिशतको विश्व–कीर्तिमान वृद्धिदर हासिल गरेको थियो भने अन्तर्राष्ट्रिय मुद्राकोषले आगामी २०२४÷२५ को आर्थिक वर्षमा यो ७ प्रतिशतमा झर्ने अनुमान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here