काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालको राष्ट्रिय हितलाई उच्च प्राथमिकतामा राखेर वर्तमान सरकार अघि बढ्न स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सन्दर्भमा नेपाल–चीन हिमालयन मैत्री समाज र ट्रान्सहिमालयन अनुसन्धान तथा अध्ययन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपाल–चीन सम्बन्धः बिआरआई कार्यान्वयन’ विषयक अन्तरक्रियामा उनले राष्ट्र र जनताको हितविपरित कुनै सम्झौता नहुने बताए ।
मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक परेको अवस्थामा सरकारले ऋण र अनुदान दुवै लिन सक्ने जनाउँदै मन्त्री अधिकारीले अहिले बाहिर सार्वजनिक भए जस्तो ‘चीनसँग ऋण नलिने’ भन्ने विषय हुँदै नभएको स्पष्ट पारे । “सकेसम्म ऋण नलिने भन्ने हो, लिनै परे उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने हो”, उनले भने ।