काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। बिहिबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मुल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिवार चाँदी १ हजार ८ सय रुपैँयामा कारोबार भएको महासंघले जनाएको छ ।