काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै कीर्तिपुर नगरपालिकाको मेयरका उम्मेदवार शिवशरण महर्जनसहित ६ जनालाई स्पष्टीकरण सोधेको छ ।
शुक्रबार आयोगले माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका महर्जनसहित स्वतन्त्र उम्मेदवार राजमान मानव, काठमाडौं १६ मा वडाध्यक्षका उम्मेदवार रास्वपाकी रेजिना श्रेष्ठ, एकीकृत समाजवादीका मीनबहादुर मानन्धर, शम साक्य र पशुपति कठायतलाई स्पष्टीकरण सोधेको हो ।
कीर्तिपुर र काठमाडौं १६ मा निर्वाचन आचारसंहिता उल्लंघन भएको सूचनापछि आयोगले एक टोली निरीक्षणका लागि खटाएको थियो । सो टोलीले निरीक्षण गरेपछि उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।