देश विकासलाई गतिदिन संविधान संशोधन आवश्यक छ: यातायातमन्त्री दाहाल



मोरङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले स्थिर सरकार र विकासमा गति दिने गरी बाधा अड्चन हटाउन संविधान संशोधनलाई वर्तमान गठबन्धनले प्राथमिकतामा राखेको बताए ।

यसका समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन प्रणाली सुधार गर्ने विषयमा दलहरूबीच छलफल भइरहेको जानकारी दिँदै मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेका अधिकार कुनै पनि हालमा नखोसिने बताए । उनले भने, “संविधान संशोधनमा जनताले थप अधिकार प्राप्त गर्ने छन्, यस विषयमा सरकार र वर्तमान गठबन्धन दल प्रस्ट छौँ । कसैले आतङ्कित र भ्रमित हुन आवश्यक छैन ।”


मन्त्री दाहालले सरकार देशभर रहेका सडक स्तरोन्नति गर्ने कार्यमा विशेष जोड दिएर लागिरहेको बताए। “देशव्यापी रूपमा सङ्घीय मन्त्रालयअन्तर्गतका चार हजार ५०० किलोमिटर सडकमा रहेका खाल्डाखुल्डी पुर्ने काम सुरु गरेका छौँ । वर्षात्का कारण समस्या भएको छ । दशैंमा यात्रुहरूको सहजताका लागि यो कार्य भइरहेको छ”, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here