सशस्त्रका भिम बहादुर खड्का काश्य पदक हात पार्न सफल



काठमाडाैँ । नेपालले सेभेन्थ हिरोज तेक्वाण्दो ईन्टरनेश्नल च्याम्पियनसीपमा काश्य पदक जितेको छ । थाईल्याण्डको ब्यांगो वेमा यही अगस्ट १० देखि १२ सम्म सम्पन्न प्रतियोगितामा नेपालका लागि भिम बहादुर खड्काले काश्य पदक जितेका हुन् ।

नेपाललाई काश्य पदक दिलाउने खडका बिभागिय टोली शशस्त्र प्रहरीमा कार्यरत खेलाडी हुन । खड्काले सेमीफाईनलमा पुरुष समुहमा ८० देखि ८७ तौल केजी तौल क्याटेगोरिमा फिलिपिन्सका प्रतिद्धन्दीलाई हराउदै काश्य जितेका हुन् । यस अघि क्वाटर फाईन्ल खेलमा नेपाली खेलाडी खड्काले आयोजक थाईल्याण्डका प्रतिद्धन्दीलाई हराएका थिए । उक्त प्रतियोगितामा बिभिन्न १५ देशका खेलाडीको सहभागिता रहेको थियो ।


काश्य विजेता खड्का काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका–१३ बुढाथोकि टोलका स्थायी वासिन्दा हुन् । उनले यस अघि पनि बिभिन्न अन्र्तराष्ट्रिय प्रतियोगितामा देशलाई तेक्वाण्दोबाट पदक दिलाउदै आएका छन् ।