मधेशको मुख्य न्यायाधिवक्तामा महतो नियुक्त



काठमाडौं । मधेश प्रदेश सरकारको कानूनी सल्लाहकार अर्थात मुख्य न्यायाधीवक्तामा वरिष्ठ अधिवक्ता डा सुरेन्द्र महतो नियुक्त भएका छन् ।

मुख्यमन्त्री सतिसकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई नियुक्त गरेकी हुन् ।


नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम अधिवक्ता महतोलाई सो पदमा नियुक्त गरिएको हो । धनुषा सवैला निवासी महतो लामो समयदेखि वकालत पेसामा आबद्ध छन् ।

यसअघिका मुख्य न्यायधिवक्ता वीरेन्द्र ठाकुरले आफ्नो पदबाट राजीनामा दिएका छन् । जसपा नेपाल नेतृत्वको सरकार हटेपछि वीरेन्द्र ठाकुरले राजीनामा दिएका हुन् ।