दक्षिण सिरियाको दारा प्रान्तमा विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको छ । सानमायन सहरमा राखेको एउटा विस्फोटक उपकरण विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको छ र एक महिलासहित दुई जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मनिटरले भिन्न तथ्याङ्क दिँदै विस्फोटमा फरक फरक उमेरका आठ बालबालिका मारिएको र एक जना घाइते भएको बताएको छ ।
बेलायतस्थित मनिटरले उक्त क्षेत्रमा अज्ञात व्यक्तिलाई निशाना बनाउन मिलिसियाहरूले उक्त उपकरण राखेको आरोप लगाएको बताएको छ । राष्ट्रपति बशर अल–असदको शासनविरुद्ध सन् २०११ को विद्रोहको उद्गम स्थल थियो ।
तर रुसको समर्थनमा युद्धविराम सम्झौताअन्तर्गत सन् २०१८ मा यसलाई सरकारी नियन्त्रणमा फिर्ता गरिएको थियो । त्यसबेलादेखि यो प्रान्त हत्या, झडप र दयनीय जीवन अवस्थाले ग्रस्त छ ।