काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत भावी नेतृत्वका लागि आज मतदान हुँदैछ ।
अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका थिए । तर, तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि आज दुई जनाका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म पार्टी केन्द्रिय कार्यालय च्यासलमा हुनेछ ।
अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएको थिए । तर, अब ढुंगेल र दाहाल बिच मात्रै प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।
विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने भनिएको थियो । तर, सहमतिको प्रयासमा हिजो मतदान हुन सकेन ।