कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने, बैठकको कार्यसूची सार्वजनिक



विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

कोशी प्रदेशसभाको दैनिक कार्यसूची तय भएको छ । जसअनुसार  मुख्यमन्त्री उद्धव थापाले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र निर्णयार्थ प्रस्तुत हुने कार्यसूची तय गरिएको छ । 


प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले बैठक दिउँसो १ बजेका लागि तय भएको भएपनि पौने ३ सम्म सुरु भने हुन नसकेको बताए । 

उनले जारी गरेको कार्यसूचीमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८(४) बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री माननीय उद्धव थापाले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुने तथा निर्णयार्थ प्रस्तुत हुने ।’ 

यसैबी प्रदेशसभा बैठकको अध्यक्षता नेपाली कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीले गर्ने भएका छन् । 

k