प्रधानमन्त्रीद्वारा केदारनाथमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरामा परी मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन् । “गौरीकुण्डमा पहिरामा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको छु । यस दुःखद् घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, उनले भने, “बेपत्ता नागरिकको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी गराउँछु ।”