काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एक ढिक्का भएको महसुस भएको बताएका छन् ।
कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले केन्द्रीय समितिको बैठकमा पार्टी अब एक ढिक्का भएको सबैलाई महसुस भएको बताए ।
“जारी बैठकमा लोकतन्त्र तथा जनवादको उच्च अभ्यास भएको छ”, उनले भने, “पार्टी एक ढिक्का भएको महसुुस भएको छ, बैठक वाद, विवाद र संवादमा टुङ्गिएको छ ।”