पार्टीलाई मजबुद बनाएर लैजाने विषयमा राप्रपाका वरिष्ठ नेताहरुबीच छलफल



काठमाडौं । राप्रपाका शीर्ष नेताहरुबीच पार्टीलाई जनतामाझ अझ मजबुत बनाएर लैजाने विषयमा छलफल भएको छ ।

शुक्रबार राप्रपाका संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको निवासमा राप्रपा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता एवं अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, राप्रपा वरिष्ठ नेता हरिबहादुर बस्नेतबीच पार्टीलाई जनता माझ मजबुद रुपमा स्थापित गराउँदै शसक्त रुपमा अगाडि बढाउने विषयमा छलफल भएको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिएका छन् ।