सीता दाहाललाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरु नर्भिक अस्पतालमा



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसङ्गिनी सीता दाहाललाई श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु दाहाललाई श्रद्धाञ्जली दिनका लागि अस्पताल पुगेका हुन् ।


दाहालको निधनको खबर थाहा पाएपछि नेताहरू श्रद्धाञ्जली दिन अस्पताल पुगेका हुन् ।

दाहालको आज बिहान ८ः३३ बजे उपचारका क्रममा निधन भएको थियो । ६९ वर्षीया दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिइन् ।