नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्छ : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्ने बताएका छन् । 

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले सांस्कृतिक नक्सा जारी  गरेर आफ्नो हक खोज्नुपर्ने बताएका हुन्  ।


थापाले  नेपाली भूमि दिएर भारतको बाटो प्रयोग गर्ने विषयमा नेपालले असहमति जनाउनु पर्ने बताए ।

उनले भने, ‘भारतले आफ्नो सांस्कृतिक नक्सा जारी गर्छ भने नेपालले पनि आफ्नो सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्छ’ ।