हिन्दुराष्ट्रको मागसहित राप्रपा नेपालले भोलि विरोध प्रदर्शन गर्ने



काठमाडौं । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासन सँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दुराष्ट्रको माग राखेर शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

शुक्रबार दिउँसो २  बजे बबरमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।


जनवर्गीय संगठनहरू व्यापक तयारीमा जुटेको तथा शुक्रबारको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने  उनले बताए ।