सुशीला थिङ कांग्रेस संसदीय दलको सचेतक नियुक्त



काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित भएकी छन् ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार बिहीबार उनलाई सचेतक पदमा मनोनयन गरेको संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।