काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटको पहिलो खेलमा जिम्बावेसँग नेपाल ८ विकेटले पराजित भएको छ ।
नेपालले दिएको २९१ रनको लक्ष्य उसले ४४ दशमलब १ ओभरमा २ विकेटको क्षतीमा पुरा गर्यो ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो ।
जसमा ओपनर कुशल भुर्तेलले ९९ र आसिफ शेखले ६६ रनको योगदान दिए ।