मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन



महेन्द्रनगर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ।

करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत डा. साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए।


उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो। उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत थिए। डा. साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो।