पाँचथर । पाँचथरमा गएरातिको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएका छन् ।
हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित सहित ६ जना बेपत्ता भएका हुन् । तामाङ र लोवा स्थानीय हेवा ए जलविद्युत् आयोजनामा कार्यरत थिए।
बाढीले फिदिम– ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक, फालेलुङ– ३ का एक र फिदिम– ४ माझीटारका दुई गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बाढीले मेची राजमार्ग अन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल भत्काएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुइवटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ ।
याङवरक गाउँपालिका ३ र २ मा ठूलो परिमाणमा घर बगाएको भएपनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।