ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै



काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज मनाङ मर्स्याङ्दी र न्युरोड टीम (एनआरटी), हिमालयन शेर्पा र मछिन्द्र तथा संकटा र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मनाङ मर्स्याङ्दी र एनआरटीबीचको खेल च्यासल मैदानमा दिउँसो ३ बजे हुनेछ । जारी लिगमा २४ खेलबाट ३२ अंक जोडेको मनाङ छैटौँ स्थानमा छ । ३० अंक भएको एनआरटी ११औँ स्थानमा छ ।


यस्तै, दशरथ रंगशालामा दिउँसो ३ बजे हिमालयन शेर्पा र मछिन्द्र क्लबले खेल्ने छन् । ३९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्र ११औँ जित निकाल्ने योजनामा रहँदा ३१ अंक रहेको संकटा आठौँ जितको खोजिमा छ ।

यसैगरी, संकटा क्लब र फ्रेन्ड्स क्लबले साँझ ६ बजे दशरथ रंगशालमा प्रतिस्पर्धा गर्ने छन् । २४ खेलको समाप्तिसम्म  संकटा ३० अंकसहित दशौँ स्थानमा छ भने २६ अंक भएको फ्रेन्ड्स तालिकाको पुछारमा छ ।