एमाले सांसद पन्तको चेतावनी : अर्थमन्त्री ज्यू, चुरे नछुनु होला, देशमा आगो बल्छ



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारलाई ‘चुरे’ पर्वत नछुन चेतावनी दिएका छन् । आज (बिहीबार) को प्रतिनिधिसभाको बजेटमाथिको छलफलमा भाग लिदै उनले चुरे छोए देशमा आगो लाग्ने चेतावनी दिएका हुन् ।

‘अर्थमन्त्री ज्यू, नीति तथा कार्यक्रममा पनि आ’छ । तपाईको भाषणमा पनि आ’छ । बजेटमा पनि आ’छ । तपाईले बजेटमा हाल्नु भएको छ । तर चुरे नछुनु होला, छुनु भयो भने देशमा आगो बल्छ’, उनले भने ।


उनले प्राकृतिक स्रोत संसाधन बेचेर कुनै देश धनी नभएको बताए । उनले भने, ‘चुरे बेच्नु भन्दा पहिले यो कुरा सम्झिनु होला ।’ ‘ढुङ्गा माटो, गिट्टी बेच्दा ख्याल गर्नुहोला, तपाई आफै विकासन्उम्मूख देश हो । तपाई आफैलाई चाहिन्छ विकास गर्नका लागि यी साधन र स्रोतहरु’, सांसद पन्तले भने ।