काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले ६ महिनामा गरेका काम र उपलब्धी सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको उपलब्धीमध्ये उर्जामा सरकारले बढी ध्यान दिएको देखिन्छ । सरकारले ६ महिनामा गरेको काम ७७ बुँदामा सार्वजनिक गरेको हो ।
यो गठबन्धन सरकारले ९६ प्रतिशत जनतामा विद्युतको पहुँच पु¥याएको उपलब्धि देखाएको छ । पुस १० मा सरकार बने यताको उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले थप २.४१ प्रतिशत जनतामा विद्युतको पहुँच विस्तार गरेको बताएका छन् ।
सरकारको उपलब्धि विवरणमा भनिएको छ, ‘४०८ मेगावाट विद्युत उत्पादन क्षमता वृद्धि भई हालसम्म जडित विद्युत २६७८ मेगावाट पुगेको छ । विद्युतमा पहुँच पुग्ने जनसंख्या ९३.५९ प्रतिशतबाट वृद्धि भई ९६ प्रतिशत पुगेको छ ।’
्नेपाल र भारतबीच दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्नेगरी दीर्घकालीन विद्युत व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षरलाई पनि सरकारको उपलब्धीमा उल्लेख गरिएको छ ।
साथै, फुकोट कर्णाली ४८० मेगावाट र तल्लो अरूण ६६९ मेगावाट निर्माण गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर, बुटवल–गोरखपुर प्रसारण लाइन (४०० केभी)को शिलान्यास कार्य र नेपाल–बंगलादेशबीच ४० मेगावाटसम्म विद्युत निर्यात गर्न नेपाल, भारत तथा बंगलादेशबीच विद्युत बिक्री सम्झौता हुने प्रक्रियामा रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ६० निकाय आबद्ध भएको र हालसम्म २८ निकायमा उक्त प्रणाली सञ्चालनमा आएको प्रधानमन्त्रीको भनाइ छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको उपलब्धीमा बताएका प्रधानमन्त्री प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्नेसम्बन्धी कार्ययोजना तयार गरिएको बताएका छन् ।
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई राज्यका तीनै तहमा कडाइका साथ कार्यान्वयन गरिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने प्रकरणको निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषीहरूलाई कानूनी दायरामा ल्याइएको छ,’ ६ महिले सरकारको उपलब्धी भनिएको छ, ‘मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनमा संशोधन गरिएको । यस सम्बन्धमा जाँचबुझ आयोग, गठन गरी हालसम्म दर्ता भएका २३ हजार १ सय १८ उजुरीउपर कारवाही भइरहेको छ ।’
पूर्णपाठ :