नयाँ पार्टी तितेपाती हुन्, एमाले पिपल हो : अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पुराना पार्टी सकिए भन्दै हल्ला फिँजाइएको र त्यो एमालेलाई टार्गेट गरिएको पनि बताएका छन् । उनले नयाँ पार्टीलाई तीतेपातीको संज्ञा दिएका छन् ।

राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन अध्यक्ष ओलीले तीतेपातीजस्तै छोटो आयु भएका नयाँ पार्टी हलक्कै बढेको टिप्पणी गरे । उनले आफ्नो पार्टीलाई पिपलसँग तुलना गरे । छोटो आयु भएको चिज हलक्क बढ्ने भन्दै उनले नयाँ पार्टी तितेपाती र एमाले पिपल भएको बताए ।


पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘तितेपातीले हिउँद देख्यो भने बर्खा देख्दैन ।’