सिम्रिक एयरका तीनवटै हेलिकोप्टर ग्राउण्डेड



काठमाडौं । सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउण्डेड भएका छन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका तीनवटा हेलिकोप्टर ग्राउण्डेड गरेको हो । 

सङ्खुवासभामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएपछि कम्पनीका बाँकी तीनवटा हेलिकोप्टरलाई ग्राउण्डेड गराइएको हो । पछिल्लो एक महिनाको अवधिमा तीनवटा हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले बाँकी सबै हेलिकोप्टरलाई ग्राउण्डेड गराएको जनाएको छ । अब ती हेलिकोप्टर माथि सुरक्षा जाँच गरिने छ । 


संखुवासभाको भोटखोला गाउँपालिका–४, सिप्रुङ भन्ने स्थानमा 9NAJZ  हेलिकोप्टर अवतरणका क्रममा शुक्रबार दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टरमा सवार पाँच जनामध्ये घाइते चार जनाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।