लुम्बिनीको प्रदेश सभाको बजेट अधिवेशन आजदेखि



लुम्बिनी । आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दै छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बजेट अधिवेशन आह्वान गरेका हुन्।

गत ९ जेठमा प्रदेश सरकारले सिफारिस गरेअनुसार अधिवेशन आह्वान भएको हो। जसअनुसार यो अधिवेशनको पहिलो बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।


प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ ।