नक्कली शरणार्थी प्रकरणमा संलग्न दोषी कोही बच्दैन, निर्दोष पर्दैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही पनि बच्न नसक्ने बताएका छन् ।

आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही बच्न नसक्ने र निर्दोष कोही पनि नपर्ने बताएका हुन् ।


उनले संसदमा यस प्रकरणमा भएको बहसले सरकारको मनोबल बढाउने काम भएको जिकिर गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कुनै दवाव दिएर केहि नहुने स्पष्ट पारे ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कडाईका साथ कारवाही गर्न प्रधानमन्त्रीलाई भनेको बताए ।

प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने काम नगर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको उनले बताए । उनले एमाले नेता टोपबहादुर रायमाझी एमालेको स्म्पर्कमा नरहेको जिकिर गरे ।